पोखराको रातोपैह्रास्थित शान्ति बाल होस्टेल बस्दै आएका २ बालक बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको एक विद्यालयको होस्टेलमा बस्दै आएका २ जना बालक ५ दिनदेखि बेपत्ता छन् ।

पृथ्वीचोकस्थित होली एन्जल स्कुलको रातोपैह्रास्थित शान्ति बाल होस्टेलमा बस्ने कक्षा ८ का सज्जन बिक र कक्षा ९ का गणेश क्षेत्री गएको शुक्रबारदेखि बेपत्ता भएका हुन् ।

उनको खोजीमा विद्यालय, बच्चाहरुको परिवार, आफन्त र प्रहरी लागिपरे पनि फेला पार्न सकिएको छैन ।पर्वतको भुकताङ्ले घर भइ हाल घारीपाटन निवासी सज्जन १६ वर्षका हुन् भने पोखराको बेगनासका गणेश १८ वर्षका भए ।

विद्यालयका प्रधानाध्यापक विनोदकुमार नेपालीले शुक्रबार बिहान ८ बजे होस्टेलबाट कसैलाई पनि नसोधी उनीहरु गएकोमा हालसम्म सम्पर्कमा नआएको बताए ।

खोजीको लागि शनिबार नै छोरेपाटन प्रहरी चौकीमा समेत खबर गरिएको उनले बताए । बच्चाहरु एक्कासी हराएपछि परिवार, आफन्त तथा साथीभाइको घर वरपर गई खोजी गरे पनि अझैसम्म फेला नपर्दा सबैजना आत्तिएको उनी बताउँछन् । सो होस्टेलमा छात्र र छात्रा गरी कुल १७ जना बस्दै आएका थिए ।

सज्जनकी आमा साजना बिकले छोराको खोजीमा सबैको सहयोगको याचना गरेकी छन् ।

  • ७ मंसिर २०७९, बुधबार १०:२७ प्रकाशित