पर्वतमा आर्जुन जोशीलाई पछि पार्दै पदम गिरी अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।
पर्वतमा नेकपा एमालेका उम्मेदवार पदम गिरीले अग्रता कायम गरेका छन् । हालसम्म ३३ हजार ७५३ मत गणना गर्दा उनले १६ हजार ३७९ मत प्रापत गर्दै अग्रता कायम गरेका हुन् ।

उनलाई नेपाली कांग्रेसका नेता अर्जुन जोशीले पछ्याइरहेका छन् । उनले १५ हजार ३३२ मत प्रापत गरेका छन् । गिरी भन्दा जोशी एक हजार ४७ मतले पछाडि छन् ।

प्रदेशसभा सदस्य तर्फ पर्वत (१)मा एमालेका भक्त कुँवरले अग्रता कायम गरेका छन् । उनले १५ हजार ५३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि माओवादी केन्द्रका सुदिप कुँवरले १३ हजार ४६० मत ल्याएका छन् ।

प्रदेशसभा (२) तर्फ पनि नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले अग्रता कायम गरेका छन् । उनले १३ हजार ७४८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका ऋषिकेश तिवारीले ११ हजार ८५४ मल प्राप्त गरेका छन् ।

  • ७ मंसिर २०७९, बुधबार १०:३४ प्रकाशित