चितवन –२ मा रविको अग्रता दोब्बर बढी

केन्द्रभाग मिडिया

चितवन ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बर बढी मतले अग्रता कायम गरिरहेका छन् । लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका हुन्।

३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याउँदा एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । उनले ६ हजार ९४१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन्

  • ७ मंसिर २०७९, बुधबार ०९:३१ प्रकाशित