कास्की २ (१) बाट भीम कार्की विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका केन्द्रीय सदस्य भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याउँदै गण्डकी प्रदेशसभा सदस्य विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि राप्रपाका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । कार्कीले चार हजार ६३८ मतान्तरले भण्डारीलाई पछि पारेका हुन् ।

  • ७ मंसिर २०७९, बुधबार ०८:१६ प्रकाशित