पोखरा ।
लम्जुङमा एमालेका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नोअग्रता कायम राखेका छन् ।
अहिलेसम्म ३१ हजार ५ सय ९२ मत गणना पृथ्वी सुब्बाले १४ हजार ७ सय ६७ मतसहित अग्रता कायम राखेका हुन् ।
उनलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछ्याइरहेका छन् । उनले १३ हजार १ सय ७९ मत ल्याएका छन् ।
अहिले सुन्दरबजार र राइनास नगरपालिकाको मतगणना भइरहेको छ । उक्त क्षेत्रमा देव गुरुङले आफ्नो मत बढाउने माओवादी नेताहरुको दावी छ ।













