पोखरा ।
कास्की क्षेत्र नम्बर २(१)मा नेकपा एमाले ३९६ मतले अगाडी छ ।
वडा नम्बर १५,७ र १७ को सबै मतगणना भइसक्दा एमालेले ५००९ मत लिदैं अग्रता कायम गरेको छ । राप्रपाले ४६१३ मतसहित एमालेलाई पछ्याइरहेको छ । भने नेकपा माओवादी केन्द्र २७११ मतसहित तेस्रो स्थानमा छ ।
यस क्षेत्रमा राप्रपाबाट विजयबहादुर भण्डारी, एमालेबाट भीमबहादुर कार्की, माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारी प्रतिष्पर्धामा छन् ।













