रामचन्द्र पौडललाई झिनो मतको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँ क्षेत्रनम्बर १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले झिनो अग्रता लिएका छन् ।

८ हजार १७४ मत गणना हुदाँ पौडेलले २ हजार ८३८ मत प्राप्त गरेका छन् । पौडेललाई पछ्याइ रहेका एमालेका एक बहादुर रानाले २ हजार ७७१ मत पाएका छन् । राना भन्दा पौडेल ६७ मतले अगाडी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९७३ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ३२८ मत प्राप्त गरेका छन् ।

 

  • ६ मंसिर २०७९, मंगलवार १४:३५ प्रकाशित