आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न २ : २० बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।
अहिलेसम्म नेपाली कांग्रेसका ४ उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौं क्षेत्र नं। १ मा कांग्रेसका प्रकाशमान सिंह, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भएका हुन् ।
त्यसै नेकपा एमाले १ स्थानमा विजयी हासिल गरेको छ । ललितपुर क्षेत्र नं. २ मा एमाले प्रेमबहादुर महार्जन विजयी भएका छन् ।जारी मतगणनामा नेपाली कांग्रेस ४५ स्थानमा अगाडि छ । त्यस्तै नेकपा एमाले ४१, नेकपा माओवादी केन्द्र १३, राष्ट्रिय स्वतन्त्र पार्टी १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ र अन्य दल तथा उम्मेदवार १५ स्थानमा अगाडि छन् ।














