डडेलधुरामा मतान्तर बढाउँदै प्रधानमन्त्री देउवा, ४५८० को फराकिलो अग्रता

केन्द्रभाग मिडिया

डडेलधुरा ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् ।

हिजोसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत पाएका छन् । देउवाले सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका थिए । गणना बढाउँदै गर्दा उनले आफ्नो अग्रतालाई समेत बढाउँदै लगेका छन् ।

  • ६ मंसिर २०७९, मंगलवार १४:०० प्रकाशित