पोखरा ।
कास्की २(१) मा एमालेले अग्रता लिएको छ । मतगणनाको सुरुवाती समय देखी राप्रापाले पाछी पारे पनि वडानम्बर १७ को मतगण सुरु भए पछि एमाले उम्मेदवार भीम कार्कीले अग्रता लिएका छन् । वडानम्बर १५ र ७ को गणना हुदाँ कार्की पछाडी थिए ।
अहिले वडानम्बर १७ को ३५५१ मत गणना भएको छ । राप्रपा उम्मेदवार बिजय बहादुर भण्डारीले ३ हजार ७७४ प्राप्त गर्दा एमाले उम्मेदवार कार्कीले ३ हजार ८३४ मत पाएका छन् । कार्की ८७ मतले अगाडी छन् ।
नेकपा माओवादीका उम्मेदवार विश्वप्रकाश शर्मा तेस्रो स्थानमा छन् । शर्मा सुरुवाती समय देखिनै पछाडी छन् । उनले २ हजार १०८ मत पाएका छन् ।













