लमजुङमा देव गुरुङसंग मत अन्तर बढाउँदै पृथ्वी सुब्बा गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मत अन्तरलाई बढाउँदै लगेका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङलाई १९०९ मतले पछाडि पार्दै पृथ्वीसुब्बाले मत अन्तर फराकिलो पार्दै लगेका हुन्।

हालसम्म १७ हजार ९२८ मतगणना हुँदा पृथ्वीसुब्बाले ९ हजार १०९ र देवप्रसाद गुरूङले ७ हजार २०० मत प्राप्त गरेका छन्।

हालसम्म दुधपोखरी र क्ब्होँलासोंथर गाउँपालिकाको पुरै मत मतगणना भएको छ भने मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाको आधा मतगणना भइरहेको छ ।

कूल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको थियो।

  • ६ मंसिर २०७९, मंगलवार १०:११ प्रकाशित