पोखरा ।
कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङले अग्रतालाई बढाउँदै लगेका छन् ।
हालसम्म ६ हजार ७२१ मत गणना हुँदा गुरुङले तीन हजार ४१२ मतसहित आफ्नो अग्रतालाई फराकिलो गराउँदै लगेका हुन् ।
उक्त क्षेत्र नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार ६२४ मत ल्याएका छन् । उनी एमाले उम्मेदवार गुरुङ भन्दा ७८८ मतले पछाडि परेका छन् ।
क्षेत्र नम्बर १ मा रास्वपाका राजु राईले २२९ मत ल्याएका छन् ।













