कास्की २ मा रास्वपाका कंडेलसंग दूरी घटाउँदै एमालेकी भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा रास्वापाका उम्मेदवारले माधव प्रसाद कंडेलले हालसम्म आफ्नो अग्रतालाई कामय नै राखेका छन् ।

उनले उक्त क्षेत्रमा ८३५२ मत गणना गर्दा २४३१ मतसहित आफ्नो अग्रतालाई काम राखेका हुन् । कंडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । उनले २२५७ मत ल्याउँदा १७४ मतले पछाडि छन् ।

नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले १४०३ मत ल्याएका छन् । यसैगरी उक्त क्षेत्रमा राप्रपाका सुवर्णराज पन्तले १०८३ मत ल्याएका छन् ।

  • ६ मंसिर २०७९, मंगलवार ०७:३९ प्रकाशित