पोखरा ।
कास्की क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार योगराज पौडेलले अग्रता कायम राखेका छन् ।
उनले ९९१९ मत गणना हुँदा ३३०६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले २९५१ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले १८७८ मत प्राप्त गरेका छन् ।
राप्रपाका जगतप्रसाद सुवेदीले ६६६ मत प्राप्त गरेका छन् ।













