पोखरा ।
मनाङ (१) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् ।
सोमबार साँझ सकिएको मत गणनाअनुसार उनले १२५५ मत पाएका छन् । उनका प्रतिस्पर्धि एमालेका राजनबहादुर गुरुङले ९२५ मत प्राप्त गरे ।
यस अगाडि मनाङ(२)बाट गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री समेत रहेका राजिव गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।













