ललितपुर २ बाट एमालेका प्रेम महर्जन विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

यसको औपचारिक घोषणा भने हुन बाँकी छ । उनका प्रतिस्पर्धि हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भए । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत ल्याए।

  • ५ मंसिर २०७९, सोमबार २२:४६ प्रकाशित