पोखरा ।
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता लिएका छन् ।
हालसम्म एक हजार ५८१ मत गणना भएकोमा थापाले ७२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीले ५७७ मत सहित पछ्याइरहेका छन् ।
स्याङ्जा १ मा रास्वपाका बोधराज रेग्मीले १५६ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा भने विवादका कारण मतगणनाको टुंगो लागेको छैन ।













