काठमाडौं १० मा कांग्रेसको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् ।त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गरेका छन् ।

  • ५ मंसिर २०७९, सोमबार १४:२१ प्रकाशित