मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

मुस्ताङमा नेपाली कांग्रेसका योगेस गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ९१४ मतान्तरले गठवन्धनको तर्फबाट नेपाली कांग्रेस पार्टीले जित हासिल गरेका छन् । थकाली तीन हजार ९९२ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धि नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले तीन हजार ७६ मत प्राप्त गरेका छन् । मुस्ताङमा रास्वपाका उम्मेदवारले ८७ मत प्राप्त गरेका छन् ।

राप्रपा नेपालका उम्मेदवगारले १३ मत ल्याएका छन् । उक्त जिल्लामा ८७ मत बदर भएको छ । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

  • ५ मंसिर २०७९, सोमबार ११:५७ प्रकाशित