पोखरा ।
हाल देशभर भइरहेको मतगणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र रास्वपाले ३÷३ ठाउँमा र जनमत पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।
झापा २ मा नेकपा एमालका देवराज घिमिरेले ३२४ मतसहित अग्रता लिइरहेका छन् । त्यहाँ माओवादी केन्द्रका हरि कुमार राना मगरले १९८ मतसहित पछ्याईरहेका छन् । बाँके ३ मा नेकपा एमालेका किस्मत कुमार कक्षपति ३०० मतसहित अग्रता लिएका छन् । त्यहाँ नेपाली कांग्रेसका किशोर सिह राठोरले १०० उनलाई पछ्याईरहेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ मा एमालेका जुली कुमारी महतो (महासेठ)ले ६०८ मतसहित अग्रता लिएका छन् । उनलाई जनमत पार्टी शम्भु नाथ साहले ३२० मतसहित पछ्याइरहेका छन् । ललितपुर क्षेक्ष नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले ६६७ मतसहित अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका उदयशम्शेर जवराले ४०१ मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी ललितपुर २ मा नेकपा एमालेका प्रेम बहादुर महर्जनले १३१७ मतसहित अग्रता लिएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मतसहित पछ्याएका छन् । ललितपुर ३ मा नेकपा एमालेका अमृत ६७७ मतसहित अग्रता लिएका छन् । उक्त क्षेत्रमा रास्वपाका तोसीमा कार्कीले ६२६ मतसहित उनलाई पछ्याइरहेकी छन् ।
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३१५६ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका प्रेमबहादुर तुुलाचनले २५२१ मतसहित पछ्याइरहेका छन् ।
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले २२३० मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १६३२ मतसहित पछ्याइरहेका छन् । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले ७५४ मतसहित अग्रता लिएका छन् । उनलाई राप्रपाका रवीन्द्र मिश्रले ६८० मतसहित पछ्याइरहेका छन् ।
काठमाडौं ६ मा रास्वपाका शिशिर खनालले ४० मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई एमालेका सवेन्द्र खनालले २४ मतसहित पछ्याएका छन् । कास्की २ मा रास्वपाका माधव प्रसाद कंडेलले ५२८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मतसहित पछ्याइरहेकी छन् ।
काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले ३७५ मतसहित अग्रता कायम गरेका छन् । एमालेका श्याम कुमार घिमिरेले ३०४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
यता सप्तरी ३मा जनमत पार्टीका चन्द्र कान्त राउतले ५१ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई लोकतान्त्रिक समाजवादीका जय प्रकाश ठाकुरले २३ मतसहित पछ्याइरहेका छन् ।













