काठमाडौं–७ मा एमालेले उल्ट्यायो घण्टीको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले काठमाडौं–७ को अग्रता उल्ट्याएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका छन् ।

घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

  • ५ मंसिर २०७९, सोमबार ११:१० प्रकाशित