चितवन ।
चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।
चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे र कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।
यता निर्वाचन क्षेत्र नम्बर २ मा मत गणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेसहित उम्मेदवार रहेका छन् ।













