पोखरा ।
कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम गरिरहेको छ । अहिलेसम्म १७०४ मत गणना गर्दा उक्त पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माधव प्रसाद कडेलले ५२८ मत सहित अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेकी विध्या भट्टराईले ३९७ मतसहित पछ्याएकी छन्।
नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएका छन् । राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले २४९ मत ल्याएका छन् ।
त्यसै गरी कास्की २ (१) मा हालोले अग्रता कायम राखेको छ । राप्रपाका उम्मेदवार विजयबाबु भण्डारीले ६९४ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई एमालेका भीम कार्कीले ४३९ मतसहित पछ्याएका छन् ।
नेकपा माओवादी केन्द्रका विश्वप्रकास लामिछानेले २७५ मत ल्याएका छन् । कास्की २मा ४९ हजार ५ सय ९६ मत खसेको थियो ।













