कास्की २ मा घण्टीले लियो शुरुवाती अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका माधवप्रसाद कँडेलले शुरुवाती अग्रता लिएका छन् ।

९ सय मत गणना गर्दा कँडेलले ३ सय ८९ मत ल्याएर अग्रता बनाएका हुन् ।उनलाई एमालेकी विद्या भट्टराई अधिकारीले २ सय ११ मत र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ सय ४४ ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, राप्रपाकासुवर्णराज पन्तले १०२ मत ल्याएका छन् ।

  • ५ मंसिर २०७९, सोमबार ०९:३० प्रकाशित