पोखरा ।
कास्कीमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मतदान भएको जानकारी दिएको हो । कास्कीमा तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि आज मतदान सम्पन्न भएको हो ।
कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले सबै क्षेत्रको मतपेटिका संकलनको काम भइरहेको जानकारी दिए । आजै मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक बसे पछि मात्रै मतगणनाको टुन्गो लाग्ने बताइएको छ । मतगणना गर्ने नगर्ने वारे छलफल गर्न आजै राति ९ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले राति १२ बजेसम्ममा सबै केन्द्रका मत गणना स्थलमा आइपुग्ने बताए ।













