काठमाडौं ।
दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ ।
जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो । झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।
प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेका थिए ।













