हेटौंडामा निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतका ७ कार्यकर्ता पक्राउ

केन्द्रभाग मिडिया

मकवानपुर ।

हेटौँडामा निर्वाचन बिथोल्न खोज्ने ७ कार्यकर्ता पक्राउ परेका छन् ।

हेटौडा –१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका हुन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका इन्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार पक्राउ पर्नेहरूमा नेकपा बहुमत समूहका जिल्ला इन्चार्ज हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बागमती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बागमती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।

  • ४ मंसिर २०७९, आईतवार १३:४९ प्रकाशित