ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन्।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उनले बताए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको समेत बताए ।

मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत जनाएको छ ।

  • ३ मंसिर २०७९, शनिबार १५:२६ प्रकाशित