मतदानमा सहभागी हुन राष्ट्रपतिको अपिल

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिपति विद्या देवी भण्डारीले भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य विर्नाचनमा सहभागी हुन मतदातालाई अपिल गरेकी छन् । शनिबार निर्वाचन संदेश जारी गदै भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अध्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी छन् ।

जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुुन्दर पक्ष हो, राष्ट्रपतिले भनेकी छन्, आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गदै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।

  • ३ मंसिर २०७९, शनिबार १५:०१ प्रकाशित