नवलपुरमा भेटिएको शंकास्पद बस्तु सेनाद्धारा डिस्पोज

केन्द्रभाग मिडिया

नवलपुर ।
नवलपुरको मध्यविन्दु नगरपालिका १३ मा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ । कोटथरको भेडाबारी जाने चोकमा उक्त शंकास्पद बस्तु फेला परेको थियो ।

बिहान ७ः३० बजे नेपाली सेनाले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको थियो । कुकरलाई पलास्टिकले बेरेर खतरा लेखेर राखेको अवस्थामा शुक्रवार बेलुका फेला परेको थियो ।

  • ३ मंसिर २०७९, शनिबार १३:४६ प्रकाशित