निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका ५ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि निर्वाचन बहिस्कार टोलीले प्रदर्शन गरेको छ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी लगायतका जनवर्गीय संगठनहरुले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी माओवादीले यसअघि नै भोली हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

  • ३ मंसिर २०७९, शनिबार १३:२१ प्रकाशित