पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औधोगिक व्यपार मेला २०७९ गर्ने भएको छ । मसिर १६ देखी २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्न लागेको संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । संघका अध्यक्ष पवन प्रजापतिले मेला सम्पन्न गर्त २५१ सदस्यीय आयोजक समिति गठन भएको जानकारी दिए । ने
पाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा र पोखरा उद्योग वाणिज्य संघक अध्यक्ष पवन प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति र २५ वटा उपसमिति गठबन भएको पत्रकार सम्मलनमा जाकारी दिइयो । संघले लगानीको सम्बद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा तय गरेको छ ।
प्रदर्शनी केन्द्रको स्थाइृ डोममा ७८ , अटोका ४५ र अन्यखलाका १२० गरी २५० वटा स्टल रहने प्रजापतिले जानकारी दिए । औधोगिक, कृषिजन्य, हस्तकला उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका स्टल रहेको छन् । गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी तथा प्रदेशको पर्यटन सम्भावना उजागर गर्ने मेलाको उदेश्य रहेको बताइएको छ । मेलामा सास्कृतिक कार्यक्रम, बालउद्यान पनि रहने अध्यक्ष प्रजापतिले बताए ।
मेलामा प्रवेशका लागि १ सय र विद्यार्थीका लागि ६० रुपैया निर्धारण गरिएको छ । मेलामा एक करोडको आम्दानी हुने र सो मध्य ८० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । नाफ भएको रकम व्यवसायीको हितमा खर्च गरिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।