नेपाल र यूएईबीचको खेलमा ‘लाइभ बेट’ लगाउने २० बढी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज भईरहेको नेपाल र यूएईबीचको खेलमा लाइभ बेट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ ।

  • २ मंसिर २०७९, शुक्रबार ११:०८ प्रकाशित