आजबाट देशभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले निर्वाचनका लागि आजदेखि देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । विहिबार मध्यरातिदेखि मौन अवधि सुरु भएकाले मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाईएको हो ।

मत गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय यसअघि आयोगले गरेको हो । कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएमा कडा कारबाही गरिने आयोगले बताएको छ ।

  • २ मंसिर २०७९, शुक्रबार ०९:२२ प्रकाशित