काठमाडौं ।
काठमाडौंको दुई ठाउँमा आज (शुक्रबार) बिहानै शंकास्पद वस्तु भेटिएको छ ।
बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।
बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा कुकरमा तार जोडेर राखेको थियो ।बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।














