पोखरा ।
विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धि विविध पक्षमा जानकारी गराउने उद्देश्यले स्टेप बाई स्टेप मा.बि.मासवार पोखराले नमुना निर्वाचन गराएको छ जुन २०७९ मङ्सिर ४ गते हुने निर्वाचन अनुसारको रहेको थियो ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको सो नमुना निर्वाचन विद्यालय प्राङ्गणमा गराइएको थियो । विद्यार्थीहरु नै मतदान अधिकृत, कर्मचारी, प्रहरी र मतदाता बनेर निर्वाचन गराइएको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक छुट्टा छुट्टै मतपत्र र मतपेटिकामा मतदाता विद्यार्थीहरुले भोट खसालेका थिए । पहिलो मतपत्र संघीय संसदको प्रत्यक्ष, दोस्रो संघीय संसदको समानुपातिक, तेस्रो प्रदेश सभा सदस्यको प्रत्यक्ष र चौथो प्रदेश सभा सदस्य समानुपातिक गरी क्रमशःमतपत्र वितरण गरी विद्यार्थीहरुले क्रमश मतपेटिकामा मत खसालेका थिए ।
उक्त नमुना निर्वाचनमा कार्यक्रममा बोल्दै विद्यालयका सह–प्राचार्य दिपक गिरीले उमेरको कारण मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न नपाएपनि विद्यार्थीहरु प्रत्यक्ष निर्वाचनमा सहभागि बनेर निर्वाचन प्रकृया सम्वन्धी सम्पुर्ण कुराहरु सिक्ने अवसर पाएको साथै निर्वाचनको माध्यमवाट विजयी उम्मेदवार हरु निति निर्माण देिख देश हाक्ने तहसम्म पुग्ने भएको सु्जबुजकासाथ निर्वाचनमा विद्यार्थी मतदातालाई मतदान गर्न अनुरोध गरे ।
सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीले संयोजन गरेको उक्त नमुना निर्वाचन कार्यक्रममा कक्षा १० की छात्रा रोशनी पाठक लाइ मतदान अधिकृतको जिम्मेवारी दिइएको कुरा अतिरीक्त कृयाकलाप इन्र्चाज एवंम विज्ञान विभाग प्रमुख युवराज लामीछानेले जानकारी गराए ।















