बम बनाउने क्रममा कोठामै विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

केन्द्रभाग मिडिया

बाँके ।
निर्वाचनको ३ तीन दिन बाँकी रहँदा देशका केही ठाउँमा बम विस्फोटका घटना हुन थालेको छ ।

हिजो दोलखाको चरिकोटमा बम विस्फोटको आवाज आएको बताइएको थियो भने भोजपुरमा गठबन्धनको चुनावी सभास्थल नजिक बम विस्फोट भएको थियो ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको छ।

घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ।

  • १ मंसिर २०७९, बिहीबार ०९:२९ प्रकाशित