पोखरा ।
पाकिस्तानलाई नेपालले एक– सून्य गोल अन्तरले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल बन्यो ।
गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो ।
योसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।