काठमाडौंमा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकामा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन ।

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

  • ३० कार्तिक २०७९, बुधबार १७:०० प्रकाशित