विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको बाटो खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दिने बाटो खुला गरेको छ ।

दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।

  • ३० कार्तिक २०७९, बुधबार १६:५० प्रकाशित