लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा जसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ ।

  • ३० कार्तिक २०७९, बुधबार १६:३४ प्रकाशित