भोजपुर ।
भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।
भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम हुन लागेको करिब डेढ सय मिटर परको एक होटलमा बम विस्फोट भएको थियो ।सुमनले बोकेको बम आफैं पड्किएको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । कार्यक्रममा सम्बोधन गर्न नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जादै थिए ।













