प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी छ : ओली

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार र आचरण परिर्वतन गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परिवर्तन हतारिएर गर्ने कुरा नभएको बताउँदै ओलीले शासन प्रणाली भन्दा पहिला व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताएका हुन्।

‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, ओलीको भनाइ छ ।

  • ३० कार्तिक २०७९, बुधबार १६:१३ प्रकाशित