भक्तपुर ।
भक्तपुरमा एक कच्ची घरमा आगलागी हुदाँ एकको ज्यान गएको छ ।
मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको ज्यान गएको छ भने एक घाइते भएका छन् ।
आज बिहान करिब ८ बजे भएको आगलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्त मनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
आगलागीमा परेर घाइते भएकी सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा उपचार भइरहेको छ ।














