आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा थियो।

आज युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।

  • २९ कार्तिक २०७९, मंगलवार १०:११ प्रकाशित