पोखरा ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गदै बुद्ध एयरले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान हुने पहिलो अन्तराष्ट्रिय उडान गर्न लागिएको जानकारी दिएको हो ।
सरकारले २०२३ को जनवरीबाट विमानस्थल संचालनका लागि तैयार हुने जानकारी दिएकाले सोही अनुसार उडान तालिका तयार गरिएको बुद्ध एयरले जनाएको छ ।
सुरुमा हप्तामा तीन दिन (आइतबार, मंगलबार र बिहिबार) हुने जारी विज्ञप्तीमा उल्लेख छ । साथै बुद्ध एयरले पोखरा– दिल्ली– पोखरा र दैनिक २ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अगाडी बढाएको छ । त्यसका लागि सरकारले एयर ट्राफिक सर्भिस रुटको लागि पहल गरिरहेको छ । रुट र स्लट स्विकृत हुनासाथ ती उडान सुरुवात हुने विज्ञप्तिमा उल्लेख छ ।