रवि छामिछानेको चुनावी टोलीमाथि गठबन्धनको आक्रमण !

केन्द्रभाग मिडिया

मतदातासँगको भेटघाटमा रवि लामिछाने

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको रास्वपाले आरोप लगाएको छ । चितवनको कुरिटनारमा सो आक्रमण भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको बताइएको छ ।

रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए ।

घटना लगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्‍यालीमा रहेको बताए । उनले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।

  • २७ कार्तिक २०७९, आईतवार १५:५६ प्रकाशित