भोजपुर ।
भोजपुरमा वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । भोजपुर नगरपालिका(१ का वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् ।
भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट लोकबहादुरको देब्रेपट्टिको कानको जालीमा असर परेको र टाउकोमा चोट लागेको छ ।पिडितले प्रहरीमा जाहेरी दिदाँ प्रहरीले लिन नमानेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, भोजपुरले चुनावपछि आउनु भन्दै जाहेरी लिन नमानेको पीडितले बताएका छन ।
जिरामणि माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएको जनाइएको छ ।














