आज युरो बढ्यो, डलर घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।

आज आइतबार अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । अस्ति शुक्रबार भने डलर एकको खरिददर १३० रुपैयाँ ०० पैसा बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको थियो।

आज युरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा बिक्रीदर १३३ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ २७ पैसा र बिक्री दर ३५ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।

  • २७ कार्तिक २०७९, आईतवार ०९:५१ प्रकाशित