ओलीले आज कर्णालीका तीन चुनावी सभालाई सम्बोधन गर्दै

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

  • २७ कार्तिक २०७९, आईतवार ०९:४० प्रकाशित